नियम ८
दाना जाँचकीको अधिकार
(१) दाना जाँचकीले आफ्नो कर्तव्य पालनको
सिलसिलामा देहायको अधिकार प्रयोग गर्न सक्नेछ ः–
(क) दाना पदार्थ उत्पादन गर्ने वा संचय गर्ने वा बिक्री
वितरण गर्ने ठाउँहरूबाट दाना पदार्थको नमूना लिने,
(ख) कुनै दाना पदार्थको बिक्री वितरणबाट सरुवा रोग
फैलिने संभावना छ भन्ने कुरा निजलाई लागेमा र
निजको रायमा स्थानीय भेटेनरी अधिकृत समेतको
सहमति भएमा स्थानीय अधिकारीको स्वीकृति लिई
त्यस्तो दाना पदार्थको विक्री वितरणमा रोक लगाउने,
(ग) कुनै दाना पदार्थ दुषित छ भन्ने मनासिब माफिकको
शंका भएमा स्थानीय अधिकारीको स्वीकृति लिई त्यस्तो
दाना पदार्थ बिक्री वितरण गर्नमा रोक लगाउने,
(घ) दाना पदार्थ जाँच गर्ने सम्बन्धमा कुनै दाना पदार्थ
राखेको पोको वा त्यस्तो कुनै माल वस्तु राखिएको घर
जग्गामा प्रवेश गर्नु पर्ने भएमा सो घर जग्गाको धनी
वा सो ठाउँको जिम्मा लिएका कुनै व्यक्तिको अनुमति
लिई र त्यस्तो व्यक्तिले अनुमति नदिएमा सम्बन्धित
गाउँ विकास समिति वा नगरपालिका वा नजिकको
प्रहरी कार्यालयको प्रतिनिधि साक्षी राखी प्रवेश गर्ने,
(ङ) दाना पदार्थ उत्पादन गर्ने व्यक्तिसँग वा दाना पदार्थ
उत्पादन गर्ने ठाउँमा पाइएको अन्य कुनै दाना वा दाना
पदार्थमा मिश्रित हुन सक्ने अन्य पदार्थको सम्बन्धमा
उत्पादन कर्ताले सन्तोषजनक उपयोग बताउन नसकी
सो पदार्थ त्यहाँ रहँदा उत्पादन भई राखेको दाना
पदार्थसँग सम्मिश्रण हुन सक्ने सम्भावना देखेमा वा
शंका लागेमा त्यस्तो पदार्थलाई अविलम्ब त्यहाँबाट
हटाउन आदेश दिने,
(च) निकासी पैठारी वा ढुवानी भई राखेको कुनै दाना पदार्थ
दुषित छ भन्ने मनासिब माफिकको शंका लागेमा रोकी
यस नियमावली बमोजिम आवश्यक कारवाई गर्ने, र
(छ) विश्लेषणको लागि यस नियमावली बमोजिम लिइएको
दाना पदार्थको नमूनालाई कुनै पनि सरकारी वा गैर
सरकारी यातायातका साधन वा हुलाकद्वारा विश्लेषणको
लागि पठाउने ।
(२) उपनियम (१) को खण्ड (ख), (ग) र (च) बमोजिम गरिएको
कारवाईको सूचना दाना जाँचकीले तुरुन्त स्थानीय अधिकारी र केन्द्रीय खाद्य
अनुसन्धानशालाको प्रमुख कहाँ पठाउनु पर्नेछ ।